Portfolio Website of CCIE Jiwan

Inspiring story of Non – IT to Professional IT Engineer: Santosh Gaire’s Journey

Inspiring story

 

म २०१९ डिसेम्बर देखिको समयलाई यहाँ समझन र समेट्न चाहान्छु । IT मा स्नातक को लागी बिदेसिएको थिए । आफुले पढिरहेको युनिभर्सिटी मा सोचेजस्तो पढाइ नभएसी सिप बिनाको Certificate फगत कागज को टुक्रा हो भन्ने मा निचिन्त थिए । सँग सङ्गै Professional Certificate र skills को महत्त्व कती छ भन्ने कुरा बिदेशको त्यो बसाइ ले मलाई राम्रो सवक सिकाएको थियो । तर उपयुक्त वातावरणको खोजी मा भौतारिरहेको मनलाई Career लगाएतको कुराले धेरै नै पिरोल्थियो । Social Media मार्फत बुटवल मा सम्पन्न Networking Boot Camp पछी, विध्यार्थिहरुको Feedback भिडियो पाए र तुरुन्तै दिएको Address मार्फत जिवन सर सँग contact मा रहे ।

कोविडको समय सुरु हुन लागेको थियो सँगै विभिन्न कारण ले गर्दा म स्वदेश फर्किएर कोविडको त्यो लडाइ सँग जुध्नु मेरो लागी वाध्यता बनिदियो । समय यस्तो चलिदियो कि आफुले बनाएको योजनाहरु कुनै पनी बसमा रहेनन । Lockdown पछी को समय काठमान्डौ Bootcamp मा सह्भागी हुने गरी आए त्यसपछी मैले त्यहाँ केवल Bootcamp मात्र होईन एउटा अध्यात्मिक गुरु सँग को सँगत मिल्ने गरी को समय पाए । जिवन दाइ बाट सर सम्म चिनेको मैले मेरो लागी वहाँ एउटा गुरु सँगको भेट जसरी बुझ्न पाए ।

Professional Life बाट अलि पर एउटा अध्यात्मिक जिवन के हो कस्तो हो जस्ता मानव जिवन लागी मुल्यवान व्याबहारिक ज्ञानहरुलाई अलि गहिराइ मा बुझ्ने मौका पनी मैले वहाँ को सँगत बाट पाए । योग, प्रणायाम, ध्यान सङ्गै IT को career लाई मैले राम्रो सँग पछ्याउन पाए ।

योग, प्रणायाम, ध्यानलाई हाम्रो समाजले कुनै धर्मको रङ दिएर हेर्दछ तर यि कुराहरु धार्मिक नभइ मानव जिवनको लागी वैज्ञानिक र आधाभुत ज्ञान हुन । यस्ले मानिसको सारिरिक र मानसिक स्वास्थ्यमा पार्ने सकारात्मक प्रभाव सङ्गै मेरो Personal र Professional सिकाइ प्रकृयामा अतुलनिय सहयोग मिल्ने बारेमा पनी प्रष्ट हुने मौका पाए । तपाईंको शिक्षा, समर्थन, र समर्पणले मेरो जीवनमा गहिरो प्रभाव पारेको छ, जसका लागि म सदैव ऋणी रहनेछु। तपाईंप्रति मेरो सम्मान र माया सधैं रहनेछ। एउटा IT Career को मार्ग निर्देशक र अध्यात्मिक मार्गको गुरु को रुपमा म तपाईलाई सदैव सम्झान चाहान्छु ।

-सन्तोष गैरे

Leave a Comment

Your email address will not be published. Required fields are marked *